गोरखा । गोरखाको पालुङटार नगरपालिकाको सेराखेत भन्ने स्थानमा एक जना बृद्व मृत्त फेला परेका छन् । मृत्तक ब्यत्ति पालुङटार नगरपालिका–१ खोप्लाङका ६३ बर्षिय मुरली लामा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार असार २७ गते घरबाट सेराखेत भन्ने स्थानमा रहेको गोठमा गएका उनी सोही दिनदेखी सम्र्पक बिहिन भएका थिए । गोठमा नै बस्ने उनी साउन २ गते बुधबार दिउसो १ः३० बजेको समयमा सेराखेतकै एक छाप्रोमा मृत्त फेला परेका थिए ।
मृत्तक लामाको शव पोष्टमार्टम पछी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा संकास्पद मृत्यु नदेखिएको भएता पनि पोष्टमार्टम रिर्पोट आउन बाँकी भएकोले अहिले नै केही भन्न नसकिने सूचना अधिकारी श्रेष्ठले बताए ।
शव केही सडेको अवस्थामा फेला परेकोले लामाको मृत्यु ३–४ दिन अगाडी नै भएको हुन सक्ने पनि उनले जानकारी दिए।
प्रतिक्रिया