गोरखा । भिमसेनथापा गाउँपालिकाले पालिका भित्रका कृषि सहकारीलाई कष्टम हायरीङ सेन्टरको उपकरण हस्तान्तरण गरेको छ । भिमसेनथापा गाउँपालिका कृषि सेवा शाखाको आयोजनामा मंगलबार पालिकाका ८ वटै वडामा भएका कृषि सहकारीलाई कष्टम हायरीङ सेन्टरको उपकरण वितरण गरिएको गाउँपालिका अध्यक्ष लाेक प्रसाद बञ्जराले जानकारी दिए ।
उनका अनुसार हाते टयाक्टर ४ थान, मकै छोडाउने मेसिन ५ थान, फुट स्प्रे १ थान, ई स्प्रे २ थान, जाव प्रान्टर ७ थान, मोटर १ थान, ब्रस कटर २ थान, चाफ कटर १ थान र थ्रेसर १ थान रहेका छन् ।
पालिका भित्र रहेका वडा नं १ को माझथोक साना किसान कृषि सहकारी संस्था, वडा नं. २ को मेहेनती कृषि सहकारी संस्था, वडा नं ३ को सृजनशील कृषि सहकारी संस्था लि, वडा नं ४ को प्रगतशील कृषि सहकारी संस्थालाइ उक्त उपकरण वितरण गरिएकाे हाे ।
त्यस्तै वडा नं ५ को बगुवा कृषि सहकारी संस्था, वडा नं ६ को अश्राङ कृषि सहकारी संस्था लि, वडा नं ७ को उद्यमशील साना किसान कृषि सहकारी संस्था लि, र वडा नं ८ को श्रृजनशील बचत तथा क्रण सहकारी संस्थालाई समेत वितरण गरिएकाे गाउँपालिका अध्यक्ष बञ्जराले जानकारी दिए ।
गत आर्थिक वर्ष ०८०/८१ को कुल २७ लाख १५ हजार २ सय ६ रुपैयाँको लागतमा कष्टम हायरीङ सेन्टरको उपकरण हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया