गोरखा १ साउन । गोरखा नगरपालिका वडा नम्बर ११ का एक पुरुषलाई ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बाह्रकिलो बस्नेत ३९ बर्षका पिटर गुरुङ्गलाई सुनका गरगहना सुन पसलमा धरौटी राखी दिएबापत रकम लिएर सुन समेत नझिकी बेइमानी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
उनले गोरखा नगरपालिका वडा नम्बर १२ स्थित दशकिलो बस्नेत ४० बर्षकी जमुना कुमाललाई ठगि गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कुमालले दिएको जाहेरी दरखास्तका आधारमा गुरुङ्गलाई पक्राउ गरी ठगी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको हो । पक्राउ परेका गुरुङ्गले कुमालसंग सुन निकाल्न दुई लाख रुपैया रकम लिएको र सुन समेत ननिकाली ठगी गरेको पिडितले दिएको जाहेरी दरखास्तमा उल्लेख छ ।
प्रतिक्रिया