गोरखामा राष्ट्रिय परिचय पत्र बार अनुसार बितरण हुने

गोरखामा राष्ट्रिय परिचय पत्र बार अनुसार बितरण हुने

गोरखा । राष्ट्रिय परिचय पत्र लिने भिड लागे संगै गोरखा प्रशासनले अर्को हप्तादेखी बार अनुसार बितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आज एक सूचना जारी गर्दै परिचय पत्र लिनेको चार बढेको र सेवा प्रवाहमा कठिनाई भएको भन्दै असार १६ गते आइतबारदेखी फरक फरक पालिकालाई फरक फरक बारमा बितरण गरिने जनाएको हो ।

प्रशासनले आज जारी गरेको सूचनामा ‘जिल्ला प्रशासन कार्यालय, गोरखाबाट राष्ट्रिय परिचयपत्र दर्ता तथा बितरण कार्यमा सेवाग्राहीहरुको अत्याधिक चाप बढन गई सेवा प्रवाह गर्न कठिनाई भएको’ भन्दै ‘मिति २०८१ असार १६ गते आइतबारदेखी लागू हुने गरी राष्ट्रिय परिचय पत्र दर्ता र वितरण कार्य तपसिल बमोजिम गरिने’ जानकारी गराएको हो ।

जारी सूचना अनुसार आइतबार र सोमबार गोरखा नगरपालिका तथा आरुघाट, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकाका सर्व साधारणहरुको दर्ता तथा वितरण हुने छ ।

त्यस्तैगरी, मंगलबार र बुधबार पालुङटार नगरपालिका सहित सिरानचोक, गण्डकी र धार्चे गाउँपालिका तथा बिहीबार र शुक्रबार भने भिमसेनथापा, शहिद लखन र अजिरकोट गाउँपालिकाका सर्व साधारणहरुको दर्ता तथा वितरण गरिने जनाएको छ ।

केही दिन यतादेखी गलत सूचनाका कारण राष्ट्रिय परिचयपत्र लिन दर्ता गराउने र लिन आउनेको भिडले जिल्ला प्रशासनको अरु कामलाई समेत प्रभाव पारेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । उनका अनुसार सामाजिक सुरक्षा भत्ता लिनका लागि सरकारले २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिबार्य गरेता पनि गोरखा जिल्लामा भने अहिले त्यो लागु नभएको स्पष्ट पारे ।

उनले भने अहिले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएकोले वृद्वबृद्वाहरुलाई प्रशासनसम्म पठाउने काम नगर्न अनुरोध सहित पत्राचार भएको भएता पनि लिन आउने भिड नरोकिएका कारण सूचना जारी गरेर काम गर्न बाध्य भएको हो ।

प्रतिक्रिया

TOP