गण्डकीको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकः गाजाँखेतीका लागि सम्भाव्यता अध्यययन गरिने

गण्डकीको नीति, कार्यक्रम तथा बजेट सार्वजनिकः गाजाँखेतीका लागि सम्भाव्यता अध्यययन गरिने

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१र८२ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आइतबार भएको गाउँसभाको १६ औं अधिवेशनमा ६३ करोड ४४ लाख ४५ हजार रुपैयाँ बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

जसमा संघीय सरकारको वित्तिय समानिकरण अनुदान रु. १२ करोड, ९७ लाख, संघीय सकार शसर्त अनुदान चालु तर्फ रु २७ करोड ९० लाख ६९ हजार, संघीय सरकार शसर्त पुँजगित अनुदान तर्फ रु १ करोड १० लाख , संघीय समपुरक अनुदान तर्फ २ करोड ९५ लाख र संघीय विशेष अनुदान रु ५० लाख संघीय सरकार राजश्व बाँफाड रु ९ करोड ३२ लाख गरि रु ५४ करोड ७४ लाख ६९ हजार अनुमानित बजेट रहेको छ ।

त्यस्तै प्रदेश सकार वित्तिय समानिकरण अनुदान रु १ करोड ८२ लाख ९ हजार, प्रदेश सरकार विशेष अनुदान रु ४० लाख र प्रदेश सरकार समपुरक अनुदान रु.६० लाख रहेको छ । प्रदेश सरकार राजश्व बाँडफाँड रु ८१ लाख ८६ हजार गरि जम्मा रु ३ करोड ६३ लाख ९५ हजार प्राप्त हुने अनुमान गरेको छ ।

गाउँपालिकाले कृषि स्वास्थ्य शिक्षा र पुर्वाधार विकासलाई प्राथमिकतामा राखको छ । साथै गाजाँखेतीका लागि सम्भाव्यता अध्यययन गरिने गाउँपालिका अध्यक्ष तिमिल्सनाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

प्रतिक्रिया

TOP