शहीद लखन गाउँपालिकाको बजेट ६० करोड ७ लाख

शहीद लखन गाउँपालिकाको बजेट ६० करोड ७ लाख

गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८१,८२ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शनिबार भएको गाउँसभाको १५ औँ अधिवेशनमा पालिकाले ६० करोड, ७ लाख रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

पालिकाले कृषितर्फ ४६ लाख, उद्योग, पर्यटन, भूमि व्यवस्था तथा सहकारीतर्फ ३४ करोड, स्वास्थ्यतर्फ एक करोड ७६ लाख, , पशुपंक्षी विकासमा ३० लाख, श्रम तथा रोजगारतर्फ १८ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै शिक्षातर्फ तीन करोड, युवा तथा खेलकुद तर्फ १३ लाख, सामाजिक विकास तर्फ ६५ लाख, पूर्वाधारतर्फ आठ करोड १८ लाख, वन, वातावरण विपद व्यवस्थापनमा २२ लाख, कानून तथा न्यायमा नौलाख ५० हजार, प्रशासन तथा अन्तरसम्बन्धित शाखामा ६० लाख ५० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १० करोड ९८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
पालिकाले वडागत विनियोजनतर्फ पाँच करोड २९ लाख र सशर्त विशेष अनुदान अन्तर्गतका योजनातर्फ २७ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सो पालिकाले आगामी आर्थिक वर्ष पालिकाले गाउँपालिकाभित्रका न्यून विद्यार्थी भएका विद्यालयहरुलाई मर्ज गर्दै लैजाने र आवश्यकता अनुसार आवासीय विद्यालय बनाउन बजेट विनियोजन गर्ने नीति लिएको छ । रासयनिक मलको विकल्पमा प्राङ्गारिक मलको उत्पादन गरी विषादीमुक्त गाउँपालिका बनाउदै लैजाने पालिकाले घोषणा गरेको छ ।

कोदो, मकै र बेसार जस्ता खाद्यान्न बालीको बिउ बिजन उत्पादन गरी पालिकालाई आत्मनिर्भर बनाउने नीति पनि पालिकाले लिएको छ । भिआइए स्क्रिनिङ्ग क्यापलाई निरन्तरता दिने, पालिका स्तरीय अस्पतालमा डाक्टरको व्यवस्थापन तथा अपाङ्ग भएका व्यक्तिहरुलाई प्रमाण र वितरण गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी वर्ष पालिकाको आन्तरिक श्रोतबाट २ करोड ३५ लाख रुपैँया राजश्व प्राप्त हुने अनुमान रहेको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताएका छन् । आव २०८१र८२ को बजेटको आकार ६० करोड ७ लाख ४४ रहेको उनले बताए । आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ६.२ प्रतिशत कम रहेको अध्यक्ष थापाको भनाई छ ।

पालिकाले आगामि वर्ष चालु तर्फ ७५।८६ प्रतिशत र पूँजीगत तर्फ २४।१३ प्रतिशत रकम बिनियोजन गर्ने नीति लिएको छ । जसमध्य आर्थिक बिकास तर्फ २।६ प्रतिशत, सामाजिक बिकास क्षेत्रमा ११।४ प्रतिशत र पुर्वधार बिकास क्षेत्रमा १९ प्रतिशत रकम बिनियोजन गर्ने नीति लिएको छ । यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ प्रतिशत, कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १८ प्रतिशत र सर्सत तथा विशेष अनुदान अन्तरगतका योजना कार्यान्वयनका लागि ४६।२२ प्रतिशत रकम बिनियोजन गर्ने पालिकाले जनाएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन सम्पन्नताको लागि १ करोड ७५ लाख रकम विनियोजना गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । अन्तिम चरणमा रहेको नाम्जुङ्ग घैरुङ ताक्लुङ मनकामना ढाँडबारी रामशाहघाट आँबुखैरेनी सडक खण्डको नाम्जुङदेखि खगीसम्मको कालोपत्रेका तथा खगी मोड ढलानका लागी ३ करोड विनियोजन गरिएको उल्लेख छ ।

वडा नं १, ५, ७ लगायतका अन्य वडाहरुमा साझेदारीमा खानेपानी निर्माणका लागि रु ४५ लाख, गाउँपालिकाको शिक्षा क्षेत्रमा विकास गर्न र सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न रु ३ करोड ९ लाख ८० हजार, युवा तथा खेल बिकासका लागि १३ लाख ५० हजार, पशु सेवा बिकासका लागी ३० लाख, कृषि प्रर्वद्धन गरी आर्थिक बिकासमा टेवा पु¥याउनका लागी ४६ लाख ४० हजार र स्वास्थ्य क्षेत्रमा सुधार तथा बिकासका लागी १ करोड ७६ लाख रुपैँया विनियोजन गरिएको पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

TOP