गण्डकी गाउँपालिका ७ ले सबैभन्दा पहिले योजना सम्पन्न गरेपछि गाउँपालिकाले गर्‍यो सम्मान

गण्डकी गाउँपालिका ७ ले सबैभन्दा पहिले योजना सम्पन्न गरेपछि गाउँपालिकाले गर्‍यो सम्मान

गोरखा । चालु आ.ब. २०८०/८१ मा  गण्डकी गाउँपालिका भित्र सबै वडाहरु भन्दा पहिले वडागत विनियोजित कार्यक्रमहरु सम्पन्न गर्ने वडा नं ७ घ्याल्चोक लाई गाउँपालिकाले सम्मानित गरेको छ । गाउँपालिका वडा नं ७ ज्यामिरेघाटमा शुक्रबार आयोजित श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गतको कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मीलाई सम्मान गरेको हो ।

उनलाई गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) तथा प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले सम्मान पत्र तथा दोसल्लाले सम्मानित गरेको हो । सोहि कार्यक्रममा सम्पूर्ण वडा सदस्य टिम, कर्मचारी टिम तथा श्रमिकहरुलाई समेत सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नं ७ घ्याल्चोकले यस आर्थिक वर्षमा वडागत रुपमा विनियोजित १६ वटा तथा पालिका स्तरिय ७ वटा गरि २३ वटा योजना सबै वडा भन्दा पहिला सम्पन्न गर्न सफल भएको हो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष रेग्मीले आफ्नो ७ वर्षे कार्यकालमा सधै वडागत योजना सम्पन्न गर्न पहिलो भएपनि यस्तो सम्मान पहिलो पटक प्राप्त गरेकाले यसले कार्यक्रमहरु चाडो सम्पन्न गर्न थप उर्जा मिलेको बताए ।

यसै गरी गाउँपालिका अध्यक्षले वडा नं ७ का सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दै यस सफलताको निरन्तरता तथा श्रमिकहरुको पेशागत हक हित र विकासको लागि समेत लाग्न सबैलाई अपिल गरे। कार्यक्रममा वडाका जनप्रतिनिधीज्यूहरु , प्राविधिक एव कर्मचारीहरु तथा श्रमिकहरुको उल्लेख्य उपस्थिती थियो ।

प्रतिक्रिया

TOP