गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने पुल तुरुन्त मर्मत गर्न सांसद ढकालले गराए सरकारको ध्यानाकर्षण (भिडियाे सहित)

गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने पुल तुरुन्त मर्मत गर्न सांसद ढकालले गराए सरकारको ध्यानाकर्षण (भिडियाे सहित)

काठमाडौं । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले गोरखाको घाटबेंसी र धादिंगको बुट्टार जोड्ने बुढीगण्डकी माथिको पुल तुरुन्त मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै ढकालले गोरखा जिल्ला भिमसेनथापा गा.पा. वडा नम्बर ८ र धादिङ जिल्ला त्रिपुरासुन्दरी गा.पा. वडा नम्बर १ बुट्टार जोड्ने १९० मिटरको झोलुङ्गे पुल २०५१ सालमा बनेको र पुल बनाउदा देखि काठको फलेक हालेर बनाइको र त्यस पछि मर्मतको लागि कुनै बजेट नपरेको बताए ।

जिर्ण पुल वाट धादिङ्ग बुट्टारदेखि बालबालिकाहरु दिनहुँ जोखिमपूर्ण यात्रा गर्दै गोरखा महादेवटार स्थित जागेश्वर माबिमा अध्ययन गर्न निकै कष्टकर पुर्ण तरिकाले आवातजावत गर्न बाध्य भएको उनले बताए ।

सांसद ढकालले १२०० मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलबिधुत आयोजको मुआब्जा वितरण लगाएतको काम सम्पन्न गरि जलबिधुत आयोजनाको निर्माण कार्य सुरुगर्न पनि सरकारको ध्यानाकर्षण गरेका छन्।

प्रतिक्रिया

TOP