काठमाडौं । बैदेशिक रोजगारमा कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–९ घर भई हाल काठमाण्डौ सामाखुशी बस्ने ३३ बर्षीय रामेश्वर काप्री रहेको प्रहरीले जनाएको छ ।
आकर्षक तलवको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै वेरोजगार युवायुवतीहरुसँग एक लाख रकम लिएर सम्पर्क विहीन भएको भन्दै उनीहरु बिरुद्ध जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा बिहीवार उनलाई बौद्धबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागी बैदेशिक रोजगार बिभाग पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
प्रतिक्रिया