
गोरखा। मानसिक तथा शारीरिक रुपमा असक्त महिलालाई बलात्कार गरेर फरार भएका गोरखा मसेलका १ जना पुरुषलाई गोरखा प्रहरीले ३ महिना पछी पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा भिमसेनथापा गाउँपालिका–१ मसेलका ४५ बर्षिय कुलमान बराम भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
बरामले गएको फागुन २३ गते दिउसो २ बजेको समयमा १९ बर्षिया ‘व कुमारी’ नाम परिवर्तन महिलाकै काका घरमो गाई गोठमा लगेर बलात्कार गरेको आरोपमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए।
उहाँका अनुसार पिडित महिलाकी आमाले उक्त कुरा थाहापाएर गोरखा प्रहरीमा फागुन २४ गते किटानी जाहेरी दिएका थिए । घटना लगत्तै फरार भएका बरामलाई खोज्न प्रहरी राजधानीसम्म पुगेको थियो ।
फरार भएका बराम पछिल्लो समय आफ्नै गाउँघरमा लुकी बसेको सूचनाको आधारमा प्रहरीले उनलाई बैशाख ६ गते उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बरामका बिरुद्व अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालयबाट राय सहित बैशाख ३१ गते सोमबार गोरखा जिल्ला अदालत पेश हुदा अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरेको सूचना अधिकारी श्रेष्ठले बताए।
प्रतिक्रिया