उत्तरी गोरखाका महिलाहरुको लागि उदघोषण तालिम

उत्तरी गोरखाका महिलाहरुको लागि  उदघोषण तालिम

गोरखा । उत्तरी गोरखाका महिलाहरुको लागि माछीखोलामा ५ दिने उदघोषण सम्वन्धी तालिम सम्पन्न भएको छ । धार्चे गाउँपालिकाको आयोजनामा पालिका भित्रका महिलाहरुको लागि उद्घोषण तालिाको आयोजना गरिएको उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए।

उनका अनुसार पालिकाले महिला शसक्तिकरण कार्यक्रम अन्तरर्गत उदघोषण तालिमको आयोजना गरेको हो । पालिका भित्र रहेको महिला तथा आमा समूह एवं जनप्रतिनिधीहरुलाई बोल्न सक्षम बनाउने उद्वेश्यले तालिमको आयोजना गरेको पनि उपाध्यक्ष गुरुङले बताए।

तालिममा ४० जनाको सहभागीता रहेको थियो । उनिहरुलाई ड्रिम प्वाईन्ट एजुकेशनल एण्ड ट्रेनिङ ईन्टिच्युट प्रालिका अध्यक्ष शंकर कुमार प्रधानले तालिममा सहजिकरण गरेका थिए । ९ गतेदेखी १३ गतेसम्म सञ्चालनमा आएको तालिमको हिजो एक कार्यक्रम बिच समापन गरिएको थियो ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारको अध्यक्षता एवं उपाध्यक्ष गुरुङ प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको थियो । तालिममा सहभागीहरु सबैलाई उपाध्यक्ष गुरुङले प्रमाणपत्र बितरण गरेका थिए ।

प्रतिक्रिया

TOP