गोरखामा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

गोरखामा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

गोरखा । गोरखा प्रहरीले बुहारालाई बलात्कार गरेको आरोपमा ससुरालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका ब्यती सिरानचोक गाउँपालिका–८ जौबारीका ४९ बर्षका पुरुष ‘द कुमार’ नाम परिबर्तन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए।

उहाँका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ब्यतीले ३५ बर्षिया बुहारी ‘अ कुमारी’ नाम परिबर्तनलाई गएको ०८० साल भाद्र १० गते बिहान ९ बजेको समयमा घरमा कोही नभएको मौका छोपी घाँटीमा धारीलो हतियार राखेर बलात्कार गरेको आरोप लागेको छ ।

पिडित महिलाले हद म्याद भित्र आफुलाई काका ससुरा नाता पर्नेले बलात्कार गरेको भन्दै प्रहरीमा ०८१ साल बैशाख १० गते जाहेरी दर्ता गराएकी थिइन । प्रहरीले ‘द कुमार’ बिरुद्व जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै बैशाख ११ गते पक्राउ गरेको हो ।

घर ठेगानामा नै पक्राउ परेका आरोपीत बिरुद्व अनुसन्धानका लागि बैशाख १२ गते अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रतिक्रिया

TOP