गोरखा । मध्यपहाडी लोकमार्ग अन्तर्गत घ्याम्पेसाल–आरुघाट सडकखण्डमा टिप्पर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका इन्चार्ज वरिष्ठ नायव निरिक्षक शिवप्रसाद पाठकले जानकारी दिए।
उहाँका अनुसार उनीहरुको आरुघाट स्वास्थ्यचौकीमा उपचार भइरहेको भईरहेको छ । बिहिबार बिहान करिब ११ बजे गोरखा बजारबाट आरुघाट तर्फ इट्टा बोकेर जाँदै गरेको ना ८ ख ५९३६ नम्वरको टिप्पर अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो ।
भीमसेन थापा गाउँपालिका–३ डाँडवेशी भन्ने स्थानमा दुर्घटना भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया