अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुष तर्फ शहिद लखन र महिला तर्फ बारपाक सुलिकोटलाई (फाटाे फिचर)

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुष तर्फ शहिद लखन र महिला तर्फ बारपाक सुलिकोटलाई (फाटाे फिचर)

गोरखा । जिल्ला भलिबल संघ गोरखाले आयोजना गरेको अन्तरपालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधि शहिद लखन गाउँपालिकाले उचालेको छ । पुरुष भलिबल प्रतियोगिता अन्तरगत सदरमुकामको हरमटारी खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा भिमसेन थापा गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै शहिद लखनले उपाधि हात पारेको हो ।

उपाधिसँगै ७० हजार रुपौयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पराजित बनेसँगै भिमसेन थापाले दास्रो स्थान हात पारेको छ । प्रतियोगितामा अजिरकोट तेस्रो बने भने बारपाक सुलिकोटले सान्तवना स्थान हाँसिल गरेको छ । दास्रो, तेस्रो र सान्तवनाले क्रमश ४० हजार २५ हजार र १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै महिला तर्फ बारपाक सुलिकोट गाउँपालिकाले उपाधि जितेर बिजयी बनेको छ । बारपाक सुलिकोटसँग पराजित बन्दै शहिद लखन दास्रो बनेको जिल्ला भलिबल संघ गोरखाका अध्यक्ष कृष्ण गुरुङले बताए । सो प्रतियोगितामा भिमसेन थापा तेस्रो बनेको छ । यसैगरी महिला तर्फ पालुङटार नगरपालिकाले सान्तवना बनेका छन् । प्रथम, द्धितिय, तृतिय र सान्तवनाले क्रमश ७० हजार, ४० हजार, २५ हजार र १५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा पुरुष तर्फ शहिद लखनका क्याप्टेन होम बहादुर मगर सर्वोकृष्ट खेलाडी बनेका छन् । उनले नगद ५ हजार पुरस्कार समेत प्राप्त गरेका छन् । उत्कृष्ट ब्लकर भिमसेन थापाका आशिष श्रेष्ठ, उत्कृष्ट स्पाईकर शहिद लखनका प्रदिप श्रेष्ठ, उत्कृष्ट सेटर पनि शहिदकै केशव बहादुर परियार र शहिदकै करुण गुरुङ उत्कृष्ट डिफेन्डर बनेका छन् । यसैगरी उत्कृष्ट सर्भर अजिरकोटका पवन खनाल र उत्कृष्ट प्रशिक्षक शहिदका अर्जुन श्रेष्ठ बनेका छन् । उत्कृष्ट सबैले जनही रु २÷२ हजार प्राप्त गरेको जिल्ला भलिबल संघले जनाएको छ ।

महिला तर्फ बारपाक सुलिकोटका संगिता बराममा सर्वोकृष्ट खेलाडी बनेकी छिन् । बारपाककै विमला गुरुङ उत्कृष्ट स्पाईकर, सर्मिला गुरुङ उत्कृष्ट सेटर, पुजा गुरुङ उत्कृष्ट डिफेन्डर बनेका छन् । शहिद लखनका स्मृति सुनार उत्कृष्ट ब्लकर र भिमसेनका मतृका बराम उत्कृष्ट सर्भर बनेकी छिन् । यस्तै महिला तर्फ बारपाक सुलिकोटका प्रशिक्षक विज्ञान कुमाल उत्कृष्ट प्रशिक्षक बनेका छन् ।

चैत २७ गतेबाट सुरु भई चार दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ उत्तरी गोरखाको चुमनुब्री बाहेक अन्य १० पालिकाबाट १० वटा टिमका सहभागिता रहेको संघले जनाएको छ । यसैगरी महिला तर्फको प्रतियोगितामा चुमनुब्री गाउँपालिका, सिरानचोक गाउँपालिका र गण्डकी गाउँपालिका बाहेक अन्य ८ पालिकाले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया

TOP