गाेरखाका एक व्यक्ति श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

गाेरखाका एक व्यक्ति श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

गाेरखा । गाेरखाका एक व्यक्ति हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ दुभार स्थायी घर भई हाल तनहूँको व्यास नगरपालिका बस्दै आएका ३५ बर्षीय जीतबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

घरायसी कुरामा विवाद हुदाँ कुमालले दाउले श्रीमती सुनमाया कुमाललाई शरिरको बिभिन्न भागमा पटक पटक प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।

भाग्ने प्रयास गर्ने क्रममा घटनास्थलबाटै जीतबहादुरलाई पक्राउ गरिएको उनको भनाइ छ । कुमाल बिरुद्ध ज्यान सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

TOP