उपत्यकामा पहिलो बुढानीलकण्ठ ‘सडक आश्रित मानव’ मुक्त नगर घोषणा ।

उपत्यकामा पहिलो बुढानीलकण्ठ ‘सडक आश्रित मानव’ मुक्त नगर घोषणा ।

काठमाण्डौं । नेपालको सडकहरुमा आफ्नो जिवन निर्वाह गर्ने, सडकमै मागेर एक छाक टार्नु पर्ने बाध्यता धेरैको बनिरहेको बेलामा उपत्यका भित्रको बुढानीलकण्ठ नगरपालिकाको सडकहरुमा भने यस्तो अवस्था परिवर्तन हुने भएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रममा आगामी २०८२ सालभित्र सडक मानवमुक्त राष्ट्र घोषणा गर्ने भनिरहेको बेला यता बुढानीलकण्ठ नगरपालिका भने सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिकाको रुपमा घोषणा भएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका सडकपेटी र सार्वजनिक स्थलहरूमा अब कोही रहने छैनन अभिभावकविहीन “जसको कोही छैन, जसको केही छैन उसको अभिभावक सरकार छ” भन्ने मुल नारा सहित २०८० चैत्र २२ गते काठमाडौं उपत्यकामै पहिलो र एकमात्र ऐतिहासिक ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बुढानीलकण्ठ नगरपालिका’ घोषणा गरिएको हो ।

मानवसेवा आश्रम र बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा पालिकालाई सडक मानवमुक्त पालिकाको रुपमा घोषणा गरिएको हो । सो घोषणा गर्नु अघि मानवसेवा आश्रमको सहकार्यमा २ दिन बृह्त रुपमा सडक आश्रित मानवहरुको उद्धार कार्य सञ्चालन गरिएको थियो । यसो त, हालसम्म यस नगरपालिकाका विभिन्न क्षेत्रबाट करिब ७३ जना व्यक्तिहरूलाई मानवसेवा आश्रमले उद्धार गरी सकेको छ ।

नगरपालिकाले सोही कार्यक्रमकै बिच उद्धार गरिएका व्यक्तिहरू तथा आश्रममा आश्रय लिइरहनु सम्पूर्णका लागि ७ लाखको खाद्यान्न सामाग्री समेत प्रदान गरेको छ। नगरपालिकाको तर्फबाट हस्तान्तरण गरिएको उक्त रकम प्रदान गरे सँगै यस कार्यलाई निरन्तर रूपमा सहयोग नगरपालिकाको रहने प्रतिबद्धता नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बताएका छन् ।

घोषणा कार्यक्रममा मानव सेवा आश्रमका संरक्षक एवं मानव अधिकार अभियानता राधिका शाक्य, नगर प्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी तथा मानव सेवा आश्रमका प्रतिनिधि अभियानता लगायत नगर कर्मचारी र मानव अधिकार अभियानताहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

TOP