सडक दूर्घटनाका धेरै कारणहरू हुन सक्छन ।
नेपालमा दूर्घटना हुनुका मुख्य कारणहरू यस्ता हुन सक्छन (यी मेरा नितान्त निजी बुझाई हो ।)
१. फराकिलो र ब्यबस्थित सडक नहुनु ।
२. हाई वे मा ट्राफिक अनुगमन राम्रो नहुनु ।
३. मदिरा सेवन गरेर सवारी चलाउनु (यो अबस्था पहिले भन्दा नियन्त्रण भएको छ)।
४. सवारी चालकहरूले अगाडि सिटमा समेत क्षमता भन्दा बढी यात्रु राख्नु (बास्तबिकता तपाईं हामीले देखेकै छौ) । गाडी ओभरलोड हुनु।
५. दुई पाङ्रे सवारीलाई नियमन गर्न नसक्नु ।
६. गाडी समय समयमा मर्मत गर्न जोड नदिनु ।
७. सवारी चालकलाई धेरै समय, लामो यात्रा गाडी चलाउन पर्नु । लामो यात्रामा कम्तीमा २ जना चालक नहुनु ।
८. ड्राइभिङ लाइन्सेस दिदा आँखा, स्वास्थ्य जाचमा कडाई नहुनु ।
९. सिट क्षमता भन्दा बढी यात्रु चढ्नु (यसमा गाडीवाला र यात्रु दुबै दोषी छ्न ।)
१०. सवारीको लापरबाही ।
११. गाडी ओभरस्पिडमा हुइक्याउनु।
१२. सवारी चालकले ट्राफिक सिग्नलको बेवास्ता गर्नु।
१३. सडकको छेउमा भरपर्दो बार नहुनु ।
१४. लाइसेन्स नभएका सहचालक वा अन्य ब्यक्तीले गाडी चलाउनु ।
१५. सवारी चाप भएको हाइ बे मा CC क्यामेरा र डिजिटल प्रबिधी बिस्तार नगरिनु ।
१६. आबश्यक ठाउँमा ओभरहेड बृज, डिभाइडर र जेब्रा क्रसिङ्ग नहुनु।
मेरो सानो सुझाब: काम परे मात्र सवारीमा यात्रा गरौ । सकेसम्म दुई पाङ्ग्रे सवारीमा लामो यात्रा नगरौ । यात्राको क्रममा सवारी चालकले मदिरा सेवन गरेको, ओभरलोड एवम ओभरस्पिड गरेको थाहा पाएमा सम्झाउने वा ट्राफिकलाई खबर गरौ । जेब्रा कसिङ्ग र ओभरहेड बृजको प्रयोग गरौ । छोटो बाटोमा पैदल यात्रा गरौ जसले स्वास्थ्य नि राम्रो हुन्छ । जीवन अमूल्य छ । सडक सुरक्षामा सबैले हातेमालो गर्नु जरुरी छ ।
यी मेरा निजी बिचार हुन् ।
@प्रीतम श्रेष्ठ, जनस्वास्थ्यकर्मी, गोरखा
प्रतिक्रिया