मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाकै सनाखत भएको छ। उक्त दुर्घटनामा एकजना बेपत्ता रहेका चितवन प्रहरीले जनाएको छ ।
काठमाडौँबाट गोरखा आउदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखा नगरपालिका–७ पौवाखेतकी ७० वर्षीया जुनकिरी रोका, वडा नं ४ फिनामकी ४१ बर्षीय हरिमाया रोका, ८ बर्षीय आगमन उपरकोटी, याङकोटकी २८ वर्षीया अञ्जना रोका र चालक गोरखा नगरपालिका–७ बतासेका ३५ वर्षीय अर्जुन सिर्मल रहेका छन् । पौवाखेतका १८ वर्षीय विवश रोका अझै वेपत्ता छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
गोरखा नगरपालिका-७ पौवाखेतका शंकर रोकाको क्यान्सरबाट मृत्यु भएपछि उनीहरु दाहसंस्कारका लागि शुक्रबार काठमाडौं गएका थिए ।
प्रतिक्रिया