काठमाडाैं । मानवसेवा आश्रमको काठमाडौँ शाखा कार्यालयको आ.व २०७९/८० र ८०/८१ ९पुष मसान्तसम्म० को वार्षिक आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन सार्वजनिक भएको छ । आश्रमका काठमाडौँ शाखा कार्यालयको प्रागणमा शनिबार वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको हो ।
मानवसेवा आश्रम काठमाडौँ शाखा कार्यालयले आर्थिक बर्ष २०७९/८० मा १ सय ८६ महिला र २ सय ९० पुरुष गरी ४ सय ७६ जना सडकआश्रित मानवहरुको उद्वार गरिएको छ । सोही आर्थिक वर्षमा १ सय ६८ जनाले स्वेच्छाले आश्रम छाडेर गएका छन् भने १ सय ४१ जनाको पारिवारिक पुर्नमिलन र ९९ जनाको समुदायमा पुर्नस्थापना भएको छन् ।
सोही आर्थिक बर्षमा ३ करोड २६ लाख ७४ हजार २ सय ९७ रुपैँया दान तथा चन्दा उपलब्ध भएको छ । ३ करोड २६ लाख ७४ हजार २ सय ९७ रुपैंया कुल आम्दानी भएकोमा ३ करोड २० लाख १५ हजार ४ सय २६ रुपैँया कुल खर्च भएको व्यहोरा प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सरकारी निकाय बाट ६० लाख ५० हजार रुपैँया सहयोग प्राप्त भएको छ भने अरु रकम जनस्तरबाट संकलन भएको छ ।.
कार्यक्रममा नार्गाजुन नगरपालिका वडा नंम्बर १ का वडा सचिव भुवन गिरी, समाजसेवी लगायत अभिभावकहरुको गरिमामय उपस्थिति रहेको थियो ।
वि.सं. २०६९ सालदेखि नै मानवसेवा आश्रमले घर परिवार र आफन्तविहिन भई खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि समर्पित हुँदै आएको छ । विं.स २०८२ भित्र नेपाललाई सडक मानवरहित बनाउने संकल्प लिई हालसम्म कुनै पनि विदेशी दातृ संघ संस्थाको शर्त सहितको सहयोग स्विकार नगरेको मानवसेवा आश्रम नेपाल सरकारको आंशिक सहयोग र नेपाली उदारमनाहरुको मुठीदान तथा सहयोगले सञ्चालित भईरहेको छ ।
प्रतिक्रिया