मानवसेवा आश्रमलाई सहयोग प्रदान गर्दै डिजिटल भुक्तानीको माध्यम ‘माईपे मनि ट्रान्सफर’ को कारोेबार सुरु

काठमाडाै । डिजिटल भुक्तानीको माध्यम ‘माईपे मनि ट्रान्सफर’ को कारोेबार बुधबारबाट सुरु ।
पछिल्लो समय प्रविधिको विकाससंगै भुक्तानी प्रणालीको सहज माध्यमको रुपमा डिजिटल भुक्तानी विस्तार भईरहेको छ । हरेक क्षेत्र डिजिटलाइज्ड हुँदै गर्दा अनलाइन मार्फत भुक्तानी गर्नेहरुको संख्या समेत बढ्दो क्रममा छ।
२०६६ सालमा मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा लिएर स्थापना भएको इसेवासँगै, गेटवे पेमेन्ट, खल्ती लगायतका दजनौँ भुक्तानीका माध्यमहरु प्रतिपर्धामा आएका छन् ।
यस्तै, सेवाग्राहीलाई आकर्षण गर्न नयाँ नयाँ फिचर सहितको अफर लिएर माईपे मनि ट्रान्सफरले आजबाट अनलाईन भुक्तानीको कारोेबार सुरुवात गरेको छ ।
‘माईपे मनि ट्रान्सफर’ डिजिटल भुक्तानीले मानवसेवा आश्रमलाई सहयोग प्रदान गरि पहिलो कारोबारको सुरुवात गरेको हो । मानवविय कार्यलाई केही सहयोग प्रदान गरि आफ्नो सामाजिक दायित्व समेत पुरा गरिएको माईपे मनि ट्रान्सफरका सञ्चालकले बताएका छन्।
माईपे मनि ट्रान्सफर नामको प्राइभेट लिमिटेड कम्पनी संम्वत् २०७९ साल श्रावण मा दर्ता भएको थियो । कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा रोज १ (१) बमोजिम कारोबार सुरु भएको छ ।
प्रतिक्रिया