गोरखामा बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

गोरखामा बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

गोरखा, २३ फागुन । गोरखामा बैकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखा नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ३८ को भगवान बुढाथोकीलाई बैकिङ कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखामा सूचना अधिकारी समेत रहनु भएका प्रहरी निरिक्षक रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका बुढाथोकीले रकम भुक्तानीको लागि एभरेष्ट बैंक लिमिटेड गोरखाको आफा्नो खाताबाट ९० हजार रुपैया चेक काटी दिएको र उक्त चेक सटहीको लागि जाँदा खातामा पर्याप्त रकम नभएको भनि चेक अनादर भई फिर्ता भएपछि पिडित एकराज अंगाईले कारवाहीका लागि उजुरी दिएको थियो ।

बुढाथोकीलाई गोरखा नगरपालिका वडा नम्बर ८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनि माथि थप अनुसन्धान सुरु भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

TOP