त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको उद्धार

त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको उद्धार

काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक ९डीएसपी० सन्तु जैसवालले जानकारी दिए ।

सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४स्४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।

बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए ।

उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

TOP