गोरखा । बैदेशिक रोजगार सम्बन्धी कसूर मुद्वामा कसूरदार ठहरीए कैद तथा जरिबाना पछी फरार भएका १ जना पुरुषलाई गोरखा प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–५ छोप्राक घर भएका ४६ बर्षका राम गुरुङ भएको प्रहरीले पुष्टी गरेको हो ।
बैदेशिक रोजगार न्यायाधीकरणबाट २०७३ साल चैत्र १५ गते ३ बर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना फैसला लगत्तै फरार भएका गुरुङ पकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक रबिन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका गुरुङलाई आजै तोकिएको कैद र जरिवाना असुल उपरको लागि गोरखा जिल्ला अदालतमा पेश गरीएकोमा अदालतको आदेशले गुरुङलाई कारागार चलान गरिएको छ ।
प्रतिक्रिया