दुर्घटना बिमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको छः अध्यक्ष बञ्जरा ( भिडियाे)

दुर्घटना बिमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको छः अध्यक्ष बञ्जरा ( भिडियाे)

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जराले गाउँपालिकाले सुरुवात गरेको दुर्घटना बिमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताएका छन् । कुनै पनि दुर्घटनामा परेर घाईते भएकाहरु आर्थिक समस्या कै कारण उपचारबाट बञ्चित हुन नपरोस्, थोरै भएपनि सहज होस् भनेर यो कार्यक्रमको सुरुवात गरिएको उहाँको भनाई छ । “भिमसेन थापा गाउँपालिकालाई सुरक्षित गाउँपालिका बनाउने हाम्रो अभियान हो” अध्यक्ष बञ्जराले भने ।

 भिडियाे हेर्नुहाेस्ः 

 

बि.स २०८० जेष्ठ १५ गते १६ औं गणतन्त्रको अवसरमा पालिका र राष्ट्रिय बीमा कम्पनी विच पालिका क्षेत्र भित्रका १६ हजार ९८६ जनाको प्रतिव्यक्ति ५० हजार बराबरको सामुहिक दुर्घटना बीमा सम्झौता भएको थियो ।
नेपालभर भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनैपनि प्रकारको दुर्घटना परे उपचार बीमा पोलिसी अनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले ५० हजार रुपैया पाउने गरी पालिकाले आफ्ना नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको उनले बताए ।

गाउँपालिकाले गतसाता दुर्घटनामा परेका आफ्ना नागरिकहरुलाई दुर्घटना बीमा मार्फत उपचार वापतको रकम भुक्तानी गरेको छ । पालिका भित्रका सवै नागरिकहरुकोे निशुल्क रुपमा सामुहिक दुर्घटना बीमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका दुई जना नागरिकहरुलाई बीमा पोलिसी अनुसार उपचारका क्रममा खर्च भएको रकम बीमा मार्फत भुक्तानी गरिएको अध्यक्ष बन्जराले बताए ।

‘‘खाटमा सुतेका बेला लडेर घाइते भएका वडा नम्बर ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते हुनुभएकी कल्पना श्रेष्ठलाई शनिवार वडामै पुगेर उपचार खर्च उपलब्ध गराइएको हो, अध्यक्ष बञ्जराले भने, ‘‘पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसंग गरेको सम्झौता अनुसार दुर्घटनामा परेका नागरिकहरुले उपचार खर्च पाएका छन् ।’’

गत असार ३१ गते खाटबाट लडेर घाइते हुनुभएका रेग्मीले उपचारका लागि खर्च भएको ९ हजार ५७० रुपैँया र गएको कात्तिक २ गते मिलले हात काटेर घाइते हुनुभएकी श्रेष्ठले उपचारमा भएको खर्च ३ हजार ३२५ रुपैँया बीमा मार्फत प्राप्त गर्नुभएको हो ।
कुनै पनि दुर्घटनामा परेका नागरिकले घटना घटेको ३५ दिन भित्र सकल कागजपत्रहरु पालिकाको कार्यलयमा उपलब्ध गराएको खण्डमा कागजपत्र प्राप्त भएको ४५ दिन सम्ममा रकम भुक्तानी हुने अध्यक्ष बञ्जराले बताए ।

गाउँपालिकाले शुरु गरेको दुर्घटना बिमा कार्यक्रम निकै प्रभावकारी भएको सेवाग्राही लक्ष्मी प्रसाद रेग्मीले बताए। “मेरो बुवा खाटबाट लडेर चोट लागेको थियो, उपचारका क्रममा खर्च त धेरै नै भएको थियो तर पालिकाले दुर्घटना बिमा बापत केहि रकम भएपनि उपलब्ध गराएकाले सहज महसुस भएको छ” उनले भने ।

प्रतिक्रिया

TOP