बिजुलीको पोल ढलेर लाग्दा मकवानपुरमा वडा सदस्यको ज्यान गयो

बिजुलीको पोल ढलेर लाग्दा मकवानपुरमा वडा सदस्यको ज्यान गयो

हेटौडा । मकवानपुरको बकैया गाउँपालिका–७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको छ ।

हिजो दिउँसो आफ्नै घर अगाडि हिँडिरहेका बेला बिजुलीको पोल ढलेर लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उनको हेटौँडामा सामान्य उपचार पछी चितवनको भरतपुर पठाइएको थियो ।

चिवतन मेडिकल कलेजमा उपचारको क्रममा तितुङको बुधबार बिहान ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

TOP