गोरखा । सदरमुकामको खेलकुद मैदानमा जारी मिस्टर बि ८औं गोरखकाली रनिङ कपमा आयोजक हरमटारी क्लब विजयी भएको छ । आज चाइनिज धारा फेमिली संगको प्रतिस्पर्धामा २–० गोलले आयोजकले उपाधी हात पारेको हो ।
आयोजकलाई उपाधी हात पार्न फारगुराम थारु र लक्ष्छु थापाले समान १–१ गोल योगदान दिएका थिए । थारुले पहिलो हाफमा र थापाले दोस्रो हाफमा समान गोल गर्न सफल भएका थिए ।
खेलको केही मिनेटसम्म चाइनिज धारा फेमिलीका खेलाडीहरुले बललाई आफ्नो पक्षमा राखेको भएता पनि हरमटारी क्लबले १ गोल गरे संगै उनीहरुले नियन्त्रण गुमाउन पुगेका थिए ।
दर्शक दिर्धाबाट चाइनिज धाराको हुटिङ उच्च भएता पनि खेलको पासा पल्टिदा आयोजकले जित हात पार्न सफल भएको हो । यो जित संगै आयोजक हरमटारी क्लबले तेस्रो पटक जित हात पारेको छ ।
जित संगै ३ लाख ३३ हजार ३३३ रुपैयाँ नगद, मेडल तथा प्रमाण पत्र पाएको छ भने उप बिजेतामा चित्त बुझाउनु परेको चाइनिज धाराले १ लाख ६६ हजार ६६६ रुपौयाँसहित मेडल र प्रमाण पत्र पाएको छ ।
लिग कम नकआउटको आधारमा खेलाइएको खेलमा तनहुँ, चितवन र गोरखाको गरी कुल १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर र उच्च गोलकर्तालाई जनही १०–१० हजार पुरस्कार समेत प्रदान गरिएको आयोजक हरमटारी क्लबले जानकारी दिएको छ ।
प्रतिक्रिया