कार्यसम्पादन मूल्याङकनमा गोरखामा आरुघाट पहिलो, धार्चे कमजोर

कार्यसम्पादन मूल्याङकनमा गोरखामा आरुघाट पहिलो, धार्चे कमजोर

गोरखा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङकनमा गोरखाका स्थानीय तहहरुमध्ये आरुघाट गाउँपालिका उत्कृष्ट भएको छ । आयोगले मंगलबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्याङकमा आरुघाट गाउँपालिकाले ४८.९५ अंक ल्याएर ल्याएको हो । आयोगले गरेको कार्यसम्पादन मूल्याङकनमा भीमसेन थापा गाउँपालिका जिल्लामा दोस्रो भएको छ ।

भीमसेन थापा गाउँपालिकाले ४४. ५५ प्रतिसत अंक ल्याएर कार्यसम्पादनमा जिल्लामा दोस्रो उत्कृष्ट पालिका बनेको हो । आयोगले सार्वजनिक गरेको विवरण अनुसार बारपाक सुलिकोट गाउँपालिकाले ४३. ५४ अंक ल्याएर कार्यसम्पादन मूल्याङकनमा तेस्रो बनेको छ भने सिरानचोक गाउँपालिका ४३.४० अंक ल्याएर कार्यसम्पादन मूल्याङकनमा चौथो भएको छ । त्यस्तै अजिरकोट गाउँपालिकाले ४२. ९१ अंक ल्याएर आयोगको कार्यसम्पादन मूल्याङकनमा पाँचौ भएको छ ।

भिडियाे हेर्नुहाेस्ः

पालुङटार नगरपालिका ४०.६० नम्बर ल्याएर छैटौँ, शहीद लखन गाउँपालिकाले ४०.३७ प्रतिसत अंक ल्याएर कार्यसम्पादन मूल्याङकनमा सातौ भएको छ । त्यस्तै गण्डकी गाउँपालिका गण्डकी गाउँपालिकाले ३८.४५ प्रतिसत अंक ल्याएर आठौँ, चुमनुब्री गाउँपालिका ३७.०७ अंक ल्याएर नवौँ, गोरखा नगरपालिका २८.६३ अंक ल्याएर जिल्ला भित्रका स्थानीयतहहरु मध्ये कार्यसम्पादन मूल्याङकनमा दशौँ स्थानमा रहेको छ । कार्यसम्पादन मूल्याङकनमा जिल्लाका स्थानीय तहहरुमध्ये धार्चे गाउँपालिकाले २८.११ प्रतिसत अंक ल्याएर अन्तिम स्थानमा रहेको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङकन कार्यविधि २०७८ को दफा ७ अनुसार स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङकन गरी अंक प्रदान गरेको हो । उक्त कार्यविधिमा स्थानीय तहहरुका कार्यसम्पादन मूल्याङकन लागि बिभिन्न १७ सूचक र अन्य उपसूचकहरु निर्धारण गरिएको छ ।

प्रतिक्रिया

TOP