
आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट अवैध लागु औषध गाँजा सहित धादिङका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका ४ घर हुने बर्ष १९ को अमर नेपाली रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका ४ मा प्रहरीले शनिबार नियमित सवारी चेकजाँच गर्ने क्रममा मुग्लिङ तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको यात्रुबाहक बसबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट ३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका नेपालीलाइ आईतबार जिल्ला अदालत तनहुँबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया