जापान । प्रेस सेन्टर नेपाल जापान शाखाको संयोजकमा सन्दिप सुनार सर्वसम्मत चयन भएका छन् । जापानमा रहेको प्रेस सेन्टर नेपाल निकट पत्रकारहरुको भेलाले संयोजकमा सुनारलाई चयन गरेको हो । संयोजक सुनारले करिब ५ बर्ष गोरखामा रहेको रेडियो मनासलु १०३।९ मेगाहर्जमा आवद्ध रहेर क्रियाशिल पत्रकारिता गरेका थिए भने उनि हाल नागरिक सवाल डटकममा आवद्ध छन्।
त्यस्तै समितिको सह–संयोजकमा बिनोद ढकाल चयन भएका छन् । भेलाले प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आगामी मार्च १७ तारेखमा टोकियोमा गर्ने निर्णय समेत गरेको छ । सहसंयोजक ढकालका अनुसार प्रथम अधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरिएको हो ।
त्यस्तै यहि फेब्रुअरी २४ मा हुन गईरहेको प्रेस सेन्टर नेपालको प्रवास प्रदेश समितिको प्रथम अधिवेशनमा जापानबाट संक्रियताका साथ सहभागिता र अधिबेशन सम्पन्न गर्न जापान शाखाले भूमिका खेल्ने सहसंयोजक ढकालको भनाई छ ।
भेलामा प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा जोड दिने बिषयमा छलफल भएको थियो ।
प्रेस सेन्टर नेपाल पूर्वी एशियाका ईन्चार्ज तिलक मल्लले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च जापानका पूर्वअध्यक्ष भवानी पन्त , वर्तमान अध्यक्ष मोहन पोडेल , उपाध्यक्ष बाबुराम पौडेल लगायत सेन्टर निकट पत्रकारहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया