खाना सर्कदा नगर प्रमुखका स्वकीय सचिवको मृत्यु

खाना सर्कदा  नगर प्रमुखका स्वकीय सचिवको मृत्यु

काठमाडाैं । रामेछाप जिल्लाको रामेछाप नगरपालिका प्रमुखको स्वकीय सचिवको आज खाना सर्केर ज्यान गएको छ । आज पालिका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर ज्यान गएको रामेछाप प्रहरीले पुष्टी गरेको हो ।

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको ज्यान गएको रामेछाप अस्पताल प्रशासनले जनाएको छ ।

रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिका–७ को सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिबार वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो ।

खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा ज्यान गएको हो ।

घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

TOP