गोरखा। चोरी आरोपमा अदालतबाट कैद तथा जरिवाना फैसला भएर फरार भएका १ जना अभियुत्तलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–६ घैरुङ बिक्रमकुमार योगी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिए।
उनका अनुसार योगीलाई चोरी आरोपमा गोरखा जिल्ला अदालतले १ महिना १५ कैद र १ हजार २५० रुपैयाँ जरिबाना गर्ने फैसला गरे लगत्तै फरार भएका थिए । प्रहरीले योगीलाई फागुन १ गते मंगलबार पक्राउ गरी अदालत पेश गरेको थियो ।
अदालतले फैसला कार्यान्वयनको लागि पक्राउ परेका योगी मंगलबार नै जिल्ला कारागार चलान गरेको सूचना अधिकारी खड्ले बताए।
प्रतिक्रिया