जनयुद्ध दिवसको अवसरमा गोरखामा रक्तदान कार्यक्रम

जनयुद्ध दिवसको अवसरमा गोरखामा रक्तदान कार्यक्रम

गोरखाा, १ फागुन । जनयुद्ध दिवसको अवसरमा गोरखामा आज रक्तदान कार्यक्रम सम्पन भएको छ । योङ कम्युनिष्ट लिग ९वाइसिएल० गोरखा र अखिल क्रान्तिकारी गोरखाको आयोजनामा सदरमुकाम स्थित हरमटारीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेको वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिए ।

‘‘विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म गरिएको रक्तदान कार्यक्रममा ११ जना महिला र ५२ जना पुरुषले रक्तदान गरेका छन्, उनले भने, ‘‘संकलित रगत मध्ये केही पाउण्ड गोरखा स्थित रक्त सञ्चार केन्द्रमा राखिएको छ भने बाँकी चितवन पठाइएको छ ।’

बि।स २०५२ साल फागुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी जनयुद्ध सुरु गरको दिनको अवसर पारेर नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएल गोरखा र अखिल क्रान्तिकारी गोरखाले रक्तदान कार्यक्रमको आयोजना गरेको अखिल क्रान्तिकारी गोरखाका सचिव सुलभ अम्गाईले जानकारी दिए ।

रक्तदान कार्यक्रममा सहभागीहरुलाई आयोजकको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको उनले बताए। त्यस्तै जनयुद्ध दिवसकै अवसरमा पारेर वाइसिएल गोरखा र अखिल क्रान्तिकारी गोरखाले आजै साँझ गोरखा सदरमुकामा दिपावली समेत गरेको छ ।

हरमटारी चोकमा जम्मा भएर वाइसीएल र अखिल क्रान्तिकारीका युवा विद्यार्थीहरुले दीप प्रज्वलन गरेको सचिव अम्गाईको भनाई छ ।

प्रतिक्रिया

TOP