गोरखा । विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा गोरखा घैरुङका १ जना युवक नवलपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–६ घैरुङ घर भएका ३२ वर्षीय आकाशचन्द्र परियार भएको नवलपुर प्रहरीले पुष्टी गरेको हो ।
पछिल्लो समय विनयी त्रिबेणी गाउँपालिका–४ बैरेनी नवलपुर बस्दै आएका परियारलाई प्रहरी बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका–१ दुम्किबास बजारबाट पक्राउ गरेको हो ।
साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्ते सम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका चिजबस्तुहरू समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
परियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया