गोरखा क्याम्पसको क्याम्पस प्रमुखमा नवराज पाण्डे नियुक्त

गोरखा क्याम्पसको क्याम्पस प्रमुखमा नवराज पाण्डे नियुक्त

गोरखा २४ माघ । गोरखा क्याम्पस गोरखाको क्याम्पस प्रमुखमा नवराज पाण्डे नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मंगलबार बसेको बैठकबाट निर्णय गरेर पाण्डेलाई गोरखा क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो ।

गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ घर भएका पाण्डेले गोरखा क्याम्पसमा सहायक क्याम्पस प्रमुख रुपमा समेत जिम्मेवारी सम्हाली सकेका छन् ।

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पस जिल्लाको लामो इतिहास वोकेको क्याम्पस हो ।

प्रतिक्रिया

TOP