गोरखामा ज्यान मार्ने कसूर शिर्षकमा एक जना पक्राउ

गोरखामा ज्यान मार्ने कसूर शिर्षकमा एक जना पक्राउ

गोरखा । सिरानचोक गाउँपालिका–६ गाँखुमा भएको घटनामा संलग्न भएको आरोपमा गोरखा प्रहरीले गाजले भन्ने सन्तोष नेपालीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका नेपालीले माघ २१ गते आइतबार स्थानिय मुसेखोलाका ४७ बर्षिय इन्द्रबहादुर बिकलाई ज्यान मार्ने उद्वेश्यले ढुङ्गाले टाउकोमा प्रहरी गरेको आरोपमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले बताए ।

सूचना अधिकारी खड्का अनुसार पक्राउ परेका नेपालीले ईन्द्रबहादुरलाई ढुङ्गाले टाउकोमा हानेर गंभिर घाईते बनाएका छन् । घाईतेको अहिले चितवनमा उपचार भईरहेको पनि उनले जानकारी दिए।

आइतबार पक्राउ परेका नेपाली बिरुद्व प्रहरी ज्यान मार्ने उद्योग कसूर शिर्षकमा मुद्वा दर्ता गरी सोमबार गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

TOP