गोरखा । गएको पौष १६ गते गोरखाको अकला मन्दिर छेवैमा भएको हत्या काण्डका आरोपी किसान परियारलाई गोरखा अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान भएको छ ।
गोरखा नगरपालिका–१४ को अकला मन्दिर छेवैमा हिल कटेज सञ्चालन गर्दै आएका पालुङटार नगरापालिका–८ धुवाकोटका महेश भन्ने शमशेरबावु पन्तको हत्या आरोपमा परियारलाई अदालतले पुर्पक्षका लागि कारागार चलन गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी शेखर खड्काले जानकारी दिए ।
उक्त घटनामा मृतकको खुट्टा, टाउको तथा शरिरको विभिन्न भागहरुमा धारीलो हतियारले प्रहार गरी कर्तव्य गरी मारेको जस्तो शंकास्पद देखिएको हुँदा घटनाको सम्बन्धमा प्राविधिक विश्लेषण, संकलित सूचना विश्लेषणको आधारमा अनुसन्धान कार्य प्रारम्भ गरिएकोमा पन्तलाई मिति पोैष ९ गते राती ९ बजेको गोरखा नगरपालकिा–१४ सलाङगिरी बस्ने बर्ष २३ को किसान परियारले मादक पदार्थ तथा लागू औषध सेवन गर्ने क्रममा व्यक्तिगत रिसईवीको कारण विवाद हुँदा धारीलो हतियार खुर्पा र चक्कुले शरिरका विभिन्न भागहरुमा पटक९पटक प्रहार गरी कर्तव्य गरी मारेको खुल्न आएको सूचना अधिकारी खड्ले बताए ।
घटना पछी फरार भएका परियारलाई गोरखा प्रहरीले पौष २४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभवन काठमाडौंको सहयोगमा राजधानीको कलंकी स्थितबाट पक्राउ गरेको थियो ।
घटनामा अनुसन्धानको घेरामा परेको आरोपीका सहदोर भिनाजु गोरखा नगरपालिका–११ बस्ने बर्ष ५८ को निलबहादुर परियारलाई भने अदालतले १ लाख धरौटी माग गरेकोमा राख्न नसकेपछी उनलाई पनि कारागार चलान गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
दुवै जनालाई माघ २२ गते सोमबार पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
प्रतिक्रिया