रेमिटयान्स बन्द भयो भने सबै कुरा समाप्त हुन्छ, अस्तव्यस्त हुन्छ, यो सरकार के हेरेर बसेको छः ओली (भिडियो)

रेमिटयान्स बन्द भयो भने  सबै कुरा समाप्त हुन्छ, अस्तव्यस्त हुन्छ, यो सरकार के हेरेर बसेको छः ओली (भिडियो)

नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले भने ‘देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भइराखेका छन । उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको हो । तर रेमिट्यान्सबाट देश चलाउने जस्तो घातक कुरा अरु केही हुन सक्दैन । कथमकदाचित कुनै हिसावले यदी कुनै दिन रेमिटयान्स बन्द भयो भने रेमिटयान्स नआउने कोभिड जस्तै केही चिज भइदियो भने रिजनल अशान्ति केही सानोतिनो भइदियो भने यो सबै कुरा समाप्त हुन्छ । अस्तव्यस्त हुन्छ । त्यसो भएर त्यो अवस्थामा हामी के गर्छौं रु दिगो विकास लक्ष्य भेटन भनेर हामी हिँडिरहेका छौं । रेमिटयान्स अर्थतन्त्र भनेको दिगो विकास हुन्छ रु दिगो विकास लक्ष्यको विपरित कुरा होइन यो रु यो दिगो विकास लक्ष्य विपरितका कामहरु भएका छन् । हिँडनुपर्ने बाटो एकातिर छ । हिँड्न नहुने बाटो हिँडिएको छ । जानुपर्ने राजनीति एकातिर छ । सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति । यस्तो अवस्थामा हामी छौं । विविध पक्षहरु, जनताको पीरमर्काका पक्षहरु, जाजरकोटमा उसबेला भईचालो गयो । सिँगै हिउँद प्लाष्टिक मुनि मानिसहरु बसिरहेका छन् । हाम्रो भोलेन्टियर्सले १२र१५ सय घर बनाएर त्यत्तिनै हो । अरु केही भएको छैन । कस्तो सरकार होला । केही महिनामा नै यी कामहरु गर्न सकिन्छ । अनि, २र४ वर्ष विधि, प्रक्रिया निर्माण नै लाग्ने हो भने अनि मान्छे त मरिसक्छन् त त्यहाँ । ’

भिडियो हेर्नुहाेस्ः

प्रतिक्रिया

TOP