पोखरामा घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु

पोखरामा घरको लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु

पोखरा । पोखरामा घरको लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा ८, रत्नचोक बस्ने ३७ वर्षीय ईन्जिनियर प्रविण भट्टराई रहेको प्रहरीले जनाएको छ ।

पोखरा ६, लेकसाइड, खहरे चोकस्थित चिनीमाया भण्डारीको निर्माणधिन घरको तातो पानीको सर्बे गर्ने क्रममा मंगलबार दिउँसो १ बजे खसेर भट्टराई गम्भिर घाइते भएका थिए ।

उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएकोमा साढे २ बजे उनको निधन भएको वडा प्रहरी कार्यालय बैदामले बताएको छ ।

प्रहरीका अनुसार उनी मुक्ति ईनर्जी प्रालि, न्यूरोड, पोखरामा कार्यरत थिए । शव पोष्टमार्टमको लागि गण्डकी प्रदेश अस्पताल पोखरामा राखिएको र घटनाको विषयमा अनुसन्धान भईरहेको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

TOP