गोरखामा बैकिङ्ग कसूर मुद्दामा फरार दुई जना अभियुक्त पक्राउ

गोरखामा बैकिङ्ग कसूर मुद्दामा फरार दुई जना अभियुक्त पक्राउ

गोरखा, १५ माघ । गोरखामा बैकिङ्ग कसूर मुद्दामा फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्बर – १ का ५२ वर्षीय रामकुमार भट्ट र पालुङटार नगरपालिका वडा नं – १ बस्ने ३५ वर्षीय गोविन्दबाबु अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए।

जिल्ला अदालत गोरखाले बैकिङ कसूर मुद्दामा भट्टलाई ३ दिन कैद र दुई लाख पचास हजार जरिवाना र अधिकारीलाई ३ वटा मुद्दामा प्रत्येकमा तीनहजारका दरले जरिवाना गरी जम्मा नौ हजार रुपैँया जरिवाना तोकेको थियो । फरार दुवै जनालाई प्रहरीले पक्राउ गरी तोकिएको कैद र जरिवाना सजाय असुल गर्ने लगाईएको जिल्ला प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी श्रेष्ठले बताए।

प्रतिक्रिया

TOP