गोरखाका ३ वटा कम्पनी कालोसूचीमा

गोरखाका ३ वटा कम्पनी कालोसूचीमा

गोरखा, १५ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले गोरखाको ३ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम गोरखाका ३ सहित २२ कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार गोरखा नगरपालिका–३ नारेश्वरको देवेन्द्रजंङ कुँवरको अनुपम निर्माण सेवा, गोरखा नगरपालिका–५ स्वाराँको राजेन्द्र सुनारको अन्नपूर्ण निर्माण सेवा र गोरखा नगरपालिका–६ गोरखा बजारको राजकुमार श्रेष्ठको लक्ष्मी कन्ट्रक्सनलाई १ बर्षको लागि कालो सूचिमा राखेको हो । तिनैवटा कम्पनीलाई सडक डिभिजन कार्यालय दमौलीको सिफारीसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचिमा राखेको हो ।

कालोसूचीमा रहेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

कालो सूचिमा परेका अन्य कम्पनीहरु मध्ये १ कम्पनीलाई २ वर्ष ६ महिना, ४ वटालाई ३ वर्ष, अर्को ४ वटालाई द्द वर्ष, ५ वटालाई १ वर्ष ६ महिना र ८ वटालाई १ वर्ष कालोसूचीमा राखिएको छ ।

प्रतिक्रिया

TOP