गोरखा, १२ माघ । गोरखा प्रहरीले बहुबिवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं।८ रानीवन बस्ने ओम बहादुर खत्री र सोविता भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार खत्रीको पहिलो श्रीमती सिर्जना खत्रीले आफ्ना श्रीमानले सोविता भट्टसंग दोस्रो बिवाह गरेको उजुरी दर्ता गराएपछी दुवै जानलाई पक्राउ गरीएको हो ।
गएको मंसिर १० गते नै दुवै जना विच बिवाह भएको जाहेरी परेपछी प्रहरीले उनिहरुलाई माघ १० गते पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना बिरुद्व बहु बिवाह कसुर शिर्षक अन्तरर्गत मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थपगरीएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । दुवै जनालाई प्रहरीले आफ्नै हिरासतमा राखी अनुसन्धान थालेको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया