धार्चेमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

धार्चेमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण

गोरखा, ११ माघ । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पालिका भित्रका अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गर्न सुरु गरिएको छ । पालिका भित्र रहेका अव्यवस्थित बसोबासीहरुलाई शुक्रवारदेखि निस्सा वितरण गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

लामो समयदेखि अव्यवस्थित रुपमा रहेका बसोबासीहरुलाई राष्ट्रिय भूमि आयोगले गाउँपालिका मार्फत निस्सा वितरण गरेको उनले बताए । ‘“गाउँपालिकामा वडा नम्बर ७ लापुबाट व्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गर्न थालिएको छ,” उनले भने, “पालिका भित्रका सवै भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई क्रमसः निस्सा वितरण गर्दै जानेछौ ।’’

अध्यक्ष गुरुङले प्रारम्भिक चरणमा लापुमा रहेका बाह्र घरधुरी अव्यवस्थित परिवारलाई निस्सा वितरण गरिएको बताए । ‘‘प्रक्रिया पुगेकाहरुलाई निस्सा वितरण गरिएको छ, अध्यक्ष गुरुङले भने,‘‘अव जग्गा नापजाँच लगाएका काम सकिएपछि लालपुर्जा वितरणको काम सुरु हुन्छ ।’’

निवदेन परेका मध्येवाट वास्तविक अव्यवस्थित बसोबासीहरुको पहिचान गरी निस्सा वितरण गरिएको उनको भनाई छ । लालपुर्जा पाउने आशमा बसेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, र अव्यवस्थित बसोबासीलाई निस्सा पाएसंगै अव छिट्टै थप प्रक्रिया पूरा गरेर लालपुर्जा प्राप्त गर्ने भन्दै खुशी भएका छन् ।

आयोगले अव्यवस्थित बसोबासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोबासको मूल्याङ्कनलगायतका बिभिन्न आधारमा राजस्व लिएर जग्गा उपलब्ध गराउने व्यवस्था छ । त्यस्तै भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुले भने जग्गा प्राप्त गर्दा राजस्व तिर्नु नपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

TOP