गोरखा । गोरखा श्रीनाथकोटका प्रेमनारायण धिताल आज त्रिशुली नदीमा मृत्त फेला परेका छन् । सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट घर भई हाल काठमाडौं महानगरपालिका बालाजु बस्दै आएका ५४ धिताल मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धिताल गएको पौष २७ गतेदेखी राजधानीको बालाजुबाट सम्र्पक बिहीन भएका थिए । धितालको मृत्त शरिर गोरखाको शहिद लखन गाउँपालिका–४ ताक्लुङको फेवाटार स्थित त्रिशुली नदी किनारमा तौरीरहेको अवस्थाम फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्राविधिक सहितको टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि राजधानीको टिचिङ अस्पताल पठाएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
प्रहरीले घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया