गोरखामा चोरी गरेको आरोपमा दुई नाबालक प्रहरीको नियन्त्रणमा

गोरखामा चोरी गरेको आरोपमा दुई नाबालक प्रहरीको नियन्त्रणमा

गोरखा । गोरखा सदरमुकामको पन्ध्रकिलो भन्ने स्थानमा चोरी गरेको आरोपमा प्रहरीले २ जना नाबालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका नाबालकहरुलाई १५ बर्षका ‘ट कुमार’ र १४ बर्षका ‘ठ कुमार’ ९नाबालक० भएको प्रहरीले पुष्टी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार दुवै जना नाबालक भएका कारण नाम खुलाईएको छैन । उनीहरुले गएको माघ ६ गते दिउसो ३ बजेको समयमा गोरखा नगरपालिका–११ को पन्ध्रकिलो भन्ने स्थानमा सरला श्रेष्ठको नाबालक छोराले खेलाईरहेको मोबाइल खोसेर भागेको आरोप लागेको छ ।

किटानी उजुरीको आधारमा दुवै जना नाबालकलाई माघ ७ गते नै प्रहरीले नियन्त्रणमा लिएको ८ गते दुवै जना बिरुद्व चोरी कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

नियन्त्रणमा लिएका दुवैजनालाई प्रहरीले निगरानी कक्षमा राखेर अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

TOP