दाङमा मानवसेवा आश्रम तुलसीपुर शाखा कार्यालयको भवन शिलान्यास

दाङमा मानवसेवा आश्रम तुलसीपुर शाखा कार्यालयको भवन शिलान्यास

काठमाण्डौं । दाङमा मानवसेवा आश्रम तुलसीपुर शाखा कार्यालयको भवन शिलान्यास भएको छ । तुल्सीपुर उपमहानगरपालिका वडा नंम्बर ०४ हलवार स्थित भवननिर्माणस्थलमा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की ज्युले शिलान्यास गरेका हुन् ।

भवन शिल्यान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री मास्कीले भवन निर्माणको लागि प्रदेश सरकारको समर्थन रहने प्रतिवद्धता व्यक्त गरे। मावनसेवा आश्रमले राज्यको दायित्व पुरा गरेको बताउदै उक्त कार्यमा सबै एकजुट हुनुपर्ने उनले बताए ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का ज्युले समेत उक्त मानवीय भवननिर्माणको लागि सम्पुर्णलाई एकजुट हुन आह्वान गरे। मानवसेवा आश्रम निर्माणका लागि मुठीदान गर्न उनले अपिल गरेका छन् ।
समारोहमा स्थानीय जनप्रतिनीधि, समाजसेवी, टोलसुधार समिती, स्थानीयवासी, संस्थाका अभिभावक लगायतको गौरवमय उपस्थिती रहेको थियो ।

सोही भवननिर्माण सहयोगार्थ माघ १३ देखि २० गते सम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ हुन गहिरहेको छ ।
सो मानवीय भवननिर्माणस्थल कालिका मालिका मन्दिर व्यबस्थापन समितिले उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

TOP