गोरखामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

गोरखामा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

गोरखा,२ माघ । लामो समयपछी गोरखामा कोरोना स्रक्रमणका १ जना बिरामी फेला परेको छ । संङ्क्रमित ब्यक्ति शहिद लखन गाउँपालिका–७ बुंकोटको भएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ४० बर्षिय ति पुरुषमा जरो र रुघाखोकी देखिए पनि सामान्य अवस्थामा रहेको र अहिले होम आइसोलेसनमा बसेका छन् । विश्वभर नयाँ भेरिएन्टको जेएन वान संक्रमणको बिरामी देखिएको बेला गोरखामा पनि संक्रमणको पहिलो बिरामी फेला परेको हो । उनी भरतपुरबाट गोरखा आएका कारण उतैबाट रोग सारेर आएको हुन सक्ने सूचना अधिकारी श्रेष्ठले बताए।

ति पुरुषले सोमबार जिल्ला अस्पतालमा जाँच गराउदा स्रक्रमण पुष्टी भएको थियो । उनको आरडिटी परिक्षण गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

संङ्क्रमित ब्यक्तिका बारेमा स्वास्थ्य कार्यालय र सम्वन्धीत पालिकाको स्वास्थ्य शाखालाई जानकारी गराईएको पनि सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रतिक्रिया

TOP