गोरखामा हत्या गर्ने नियतले टाउकोमा बन्चरो प्रहार गरेको आरोपमा दुई जना पक्राउ

गोरखामा हत्या गर्ने नियतले टाउकोमा बन्चरो प्रहार गरेको आरोपमा दुई जना पक्राउ

गोरखा। गोरखा प्रहरीले ज्यानमार्ने उद्योग गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । यहीँ पुस २५ गते राती ७:३० बजेको समयमा गोरखा गोरखा नगरपालिका–२ तल्लो काखे बस्ने फिरोज मियालाई हत्या गर्ने नियतले टाउकोमा बन्चरोको बिडले प्रहार गर्ने सुशिल परियार र पूर्णबहादुर परियारलाई पक्राउ गरिएको हो ।

सिरानचोक गाउँपालिका वडा नम्बर ६ महटार बस्ने– २५ बर्षका सुशिल र गोरखा नगरपालिका २ कोखेआहाले बस्ने –२१ बर्षका पुर्णबहादुरले ज्यानै मार्ने नियतले बञ्चरोको बिंडले मियाँको निजको टाउको समेतको भागमा प्रहार गरी गम्भिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घाईते मियाको अहिले चितवन मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ । पक्राउ परेका दुवैजना विरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

TOP