जापानमा जनप्रगतिशिलकाे अधिवेशन नजिकीए संगै चहलपहल शुरू

जापानमा जनप्रगतिशिलकाे अधिवेशन नजिकीए संगै चहलपहल शुरू

जनवरी १३, टाेकीयाे जापान । नेपाल कम्युनिष्ट पार्टी माओेवादी केन्द्र निकट नेपाली जनप्रगतिशील  मञ्च जापानको नबौँ अधिवेशन नजिकीदै गर्दा अधिवेशनकाे तिब्रताका साथ चहलपहल बढ्न शुरू भएकाे छ । मञ्चको अधिवेशन आगामी जनवरी २८ तारिखका दिन टाेकीयाेकाे मुसासिनाे सि सिकाई भन्ने ठाँउमा भव्यताका साथ हुन लागेकाे मञ्चका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।

प्रवासी नेपालीहरूमा आपसी सद्भाव ,भाइचारा र एकताको अभियान, ज्ञान सिप र पुँजीको लगानी सहित संवृद्ध नेपालको लागि नबौँ अधिवेशन भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च जापानको अधिवेशन हुन लागेकाे अध्यक्ष पन्तले बताए। उनका अनुसार अधिवेशनका  लागि माओवादी केन्द्रका केन्द्रिय नेता तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र समितिका सह इन्चार्ज लक्ष्मण पन्तको समेतको उपस्थिति रहनेछ ।

अधिवेशनको तयारीका लागि विभिन्न विभागहरू समेत बनाएर अधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि नेता कार्यकर्तालाई जिम्मेवारी दिएकाे छ । “दुई वर्ष अगाडि मञ्चले हालका नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डकाे एक हप्ते जापान भ्रमणकाे अवसर समेत मिलाएकाे थियाे” अध्यक्ष पन्तले भने ।

मञ्चले यस अघि जापानमा रहेकाे आफ्नाे सातवटै क्षत्रीय कमिटीकाे अधिवेशन सकिसकेकाे छ भने मञ्चले नेपालमा आईपर्ने जुनसुकै विपत्तिकाे बेलामा पनि सहयाेग र सामाजिक कार्यहरू गर्दै आईरहेकाे छ ।

प्रतिक्रिया

TOP