गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले ३ दिने उद्घोषण, वक्तृत्वकला तथा क्षमता विकास तालिम सञ्चालन गरेको छ । गण्डकी गाउँपालिका वडा नं २ स्थित ताङ्लीचोक मा.वि.मा पाैष २३ गते सोमबार देखि शुरु भएको तालिम बुधबार सम्म चल्नेछ ।
माध्यमिक तथा आधारभुत विद्यालयहरुका विद्यार्थीहरुको बोल्ने कलाका साथसाथै क्षमता अभिवृद्धि गर्नका लागि गाउँपालिकाले तालिम सञ्चालन गरेको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले जानकारी दिए । उनका अनुसार तालिममा गाउँपालिका भरिका विद्यालयहरुबाट ३९ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा लेक्चरर,स्काउट प्रशिक्षक एवं संगीत प्रशिक्षक सुजन रामदामले प्रशिक्षण प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया