भिमसेन थापा गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

भिमसेन थापा गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन

गोरखा, २३ पुस । गोरखाको भीमसेन थापा गाउँपालिकामा आजबाट तीन दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । भिमसेनथापा गाउँपालिका, किमोलुङ फाउण्डेशन नेपाल र करुणा मेडिकल इन्टरनेशनलको सहकार्यमा गाउँपालिकाको वडा नम्बर १ स्थित खान्चोक स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।

यहीँ पुस २३ गतेदेखि २५ गतेसम्म शिविर सञ्चालन हुनेछ । शिविरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुको टोलीबाट निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गर्ने खनालले बताए ।

शिविरमा छाला सम्बन्धी समस्या, हाडजोर्नी तथा नसा सम्बन्धी समस्या, अकुपंचर सेवा, हात खुट्टामा खिल पल्टेको, कोठी पलाएको, शरिरमा आएको मुसा लगायतका अन्य सामान्य जाँच तथा उपचार सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

TOP